Monday, May 19, 2025

महांकाल मन्दिरमा ट्यांकर ठोक्कियो। काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नतीसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दज्र्यानी चिन्ह प्रदानसशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालप्रधान कार्यालय हल्चोक स्वयम्भुमा साउन १४ गते एक कार्यक्रमका बीच हालैपदोन्नती हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको साउन ११ गतेको निर्णयले सशस्त्रप्रहरी सेवा, प्राविधिक समुह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरीनायव उपरीक्षक ४ जना, साधारण समुह, लेखा उपसमूहतर्फ ५ जना र साधारण समुह,कानून उपसमुहतर्फ १ जना सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नतीहुनुभएका साथै अवकाश पूर्व विशेष बढुवा हुनुभएका १ जनालाई सशस्त्रप्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाईदिनुहुँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।उहाँले आ–आफ्नो पदिय जिम्मेवारी र ट्रेड अनुसारको उत्कृष्ट कार्यसम्पादनगर्न तथा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशनदिनुहुँदै संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकासको लागि संगठनलेसुधारात्मक कार्यहरु गरिरहेको बताउनुभयो ।यसैगरी उहाँले जीवनको लामो र स्वर्णिम समय अनवरत रुपमा राष्ट्रसेवामाव्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका सशस्त्र प्रहरी नायवउपरीक्षक गणेश कुमार सिंहलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेतव्यक्त गर्नुभयो ।कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालकाबरिष्ठ तथा सिनियर अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles