Saturday, August 16, 2025

होटलबाट सञ्चालकसहित १० जुवाडे पक्राउकैलाली । कैलालीको धनगढी बसपार्कस्थित कलेल होटलबाट १० जना जुवाडे पक्राउ परेका छन् ।मंगलबार साँझ वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देबवहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल सिलगढी नगरपालिकाका–६का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का रहेका छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्योनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।
Next article
ललितपुरमा कुटपिटबाट एक पुरूषको मृत्युकाठमाडौं, ललितपुरमा कुटपिटबाट एक जना पुरूषको मृत्यु भएको छ।ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको कुटपिटबाट हत्या भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीमाथि कुटपिट गरेको आरोपमा बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङलाई पक्राउ गरेको हो।उनीहरूबीच सामान्य विवाद हुँदा सोमबार शंखरले ज्ञानबहादुरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटपछि गम्भीर घाइते भएका ज्ञानबहादुरको उपचारका लागि पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घटनाको खबर पाएपछि प्रहरी प्रभाग म‌ंगलबजारबाट खटिएको टोलीले श‌ंखरलाई पक्राउ गरेको हो।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles