हिमाली ज्याकेट खरिदमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विष्णु श्रेष्ठले ठेक्का लिएका थिए । उनले सशस्त्र कै उच्च अधिकारीसँग सेटिङ मिलाएर सामान खरिद गर्दा ठूलो रकम घोटाला भएको पाइएको हो । सेटिङमा दोब्बर कमिशन राखेर सामान खरिद गरिएकाले प्रति सेट १० हजारभन्दा बढी घोटाला भएको भन्दै सशस्त्र मुख्यालयमा निकै ठूलो चर्चा चलेको छ । हिमाली ज्याकेट ६ हजारमा उपलब्ध हुनुपर्नेमा करिब १६ हजार मूल्यांकन गरेर खरिद गरिएको भन्दै सशस्त्र प्रहरीको प्रबन्ध शाखामा रहेका एसएसपी दीपेन्द्र कुँवरमाथि छानविन हुनुपर्ने आवाज सशस्त्रभित्रै उठाउन थालिएको छ ।
स्नो स्लीपीङ ब्याग ४ हजार ७ सय ५० पिस मागिएको छ । स्लीपीङ ब्याग उच्च गुणस्तरकै बजारमा प्रति थान ७ हजारमा पाइन्छ । तर प्रति थान १६ हजार रूपैयाँमा खरिद गरिएको स्रोतको दावी छ । स्नो स्लीपीङ ब्याग खरिदको बजेट पनि ७ करोड ६० लाख रहेकाले त्यसलाई पुग्ने समान खरिद गरिएको र हिमाली क्षेत्रमा पठाइ सकिएको छ ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई समेत गुमराहमा राखेर सेटिङ गरिएको र यसमा एआईजी नारायण दत्त पौडेलको संलग्नता रहेको आशंका गरिएको छ । ‘हिमाली पार्का ज्याकेट खरिदमा सशस्त्र प्रहरीकै कर्मचारीले ठूलो आर्थिक अनियमितता गरेको आशंका छ, जसले गर्दा आईजीपीसमेत तनावमा परेका छन’, सशस्त्र मूख्यालय स्रोतले भन्यो । आईजीपी अर्यालले पार्का ज्याकेटमा आर्थिक अनियमितता देखिएकाले सो प्रकरणमा मूल्याकन गर्ने, पैसा निकासा गर्ने र सामान बुझ्ने सबैलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘मुख्यालयमा यस्तो हल्ला चलेपछि आईजीपीले कम गुणस्तरको सामान बुझ्ने र पैसा निकासा गर्ने तथा ठेकेदारसँग मिलेमतो गरेको ठहरेमा सबैलाई कारबाही गर्ने चेतावनी दिनु भएको छ’, स्रोतले भन्यो । सशस्त्र प्रहरी बलको खरिद हेर्ने प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरले ठेकेदारहरू वीरेन्द्र जोशी, टोपेन्द्र बीसी र श्रवण अग्रवाल, रास्वपासँग नजिक रहेका विष्णुकुमार श्रेष्ठसँग सेटिङ गरी उनीहरूले पेश गरेको नमुना अनुसार नै बोलपत्र निकालिएको हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको ठेक्का लगाइएको स्रोतले जनाएको छ ।
हिमाली आइटम स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको बोलपत्रमा नमुना माग गर्दै हिमाली चुस्ता पनि खरिद हुँदैछ भनेर एसएसपी दीपेन्द्र कुँवर र एआईजी नारायणदत्त पौडेलले ठेकेदार जोशी, बीसी, श्रेष्ठ र अग्रवालसँग नमुना माग गरेका थिए । उनीहरूले चीनको प्रहरीले लगाउने हिमाली कपडा हेरेर ३ वटा नमुना ल्याएर बुझाएका थिए । त्यही नमुनामध्ये आईजीपी अर्यालले जुन राम्रो छ त्यही स्पेक राखेर बोलपत्र निकाल्न प्रबन्धका एसएसपी कुँवरलाई निर्देशन दिएपनि त्यसमा कुँवरसहितको टोलीले आईजीपीलाई गुमराहमा राखेर एउटै गुणस्तरको सामानलाई बढी मूल्य निर्धारण गरेका थिए । सुरक्षा निकायका लागि बन्दोबस्तीका सामान खरिद गर्दा सरकारी निकाय गुणस्तर तथा नापतौल विभागका टेक्सटाइल इन्जिनियरको नेतृत्वमा समिति बनाएर त्यसबाट पास गर्नुपर्छ ।
तर सशस्त्रले गएको माघ २९ मा भएको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागको पनि गुणस्तर पास नगरी ठेकेदार जोशी र बीसीहरुले पेश गरेको नमुनाका आधारमा स्पेक राखी बोलपत्र गरी उनीहरुबाटै सेटिङमा खरिद गरेर पठाइसकेको छ । हिमाली चुस्ता पनि गुणस्तर पास नगरी खरिद गरेको तर आईजीपीलाई चाहि गुणस्तर पास गराएको जानकारी दिएर गुमराहमा राखेको स्रोतको दावी छ । हिमाली चुस्ताको बोलपत्र फागुन १९ मा निकालिएको थियो भने पार्का ज्याकेटको टेण्डर त्यसअघि नै निकालिएको थियो । सशस्त्रले गएको माघ १९ मा हिमाली आइटम स्नो ज्याके, स्नो बुट, स्नो स्लीपीङ ब्यागको बोलपत्र सूचना निकालेको थियो ।
सशस्त्रमा अहिलेसम्मकै ठूलो खरिद मानिएको हिमाली आइटम सहितको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितको ५ किसिमका सामानको ठेक्का र पछिल्लो पटक भएको हिमाली चुस्ताको ठेक्कामा पनि एसएसपी दीपेन्द्र कुँवर र एआईजीहरु पौडेलकाे संलग्ता रहेको स्रोतको दावी छ । खरिद प्रकरणमा आईजीपी अर्यालले कही कतै पनि हस्तक्षेप नगरी पौडेल र कुँवरलाई जिम्मा दिएका थिए । स्नो पार्का ज्याकेट ४ हजार ७ सय ५० पिस खरिद गरिएको थियो । पार्का ज्याकेटको लागि ७ करोड ६० लाखको खरिद भएको स्रोतको दावी छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
ठूलो संख्यामा सशस्त्र प्रहरीका डीएसपीहरूको सरूवा, काे कहाँ ?
ठूलो संख्यामा सशस्त्र प्रहरीका डीएसपीहरूको सरूवा, काे कहाँ ?
असार २९, २०८० शुक्रबार
ह्याकरको नियन्त्रणमा पुगेको फेसबुक पेजलाई सशस्त्रले माया मार्यो
ह्याकरको नियन्त्रणमा पुगेको फेसबुक पेजलाई सशस्त्रले माया मार्यो
असार १९, २०८० मंगलबार
आईजीपीलाई छलेर एआईजीको दरबन्दी थप गर्न डीआईजीको कसरत
आईजीपीलाई छलेर एआईजीको दरबन्दी थप गर्न डीआईजीको कसरत
असार ६, २०८० बुधबार
नेपालबहस ट्रेन्डिङ
केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम
केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार
आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार
सम्बन्ध विस्तारका लागि कांग्रेसले सञ्चार माध्यम र सञ्चारकर्मीको लगत विवरण संकलन गर्ने
सम्बन्ध विस्तारका लागि कांग्रेसले सञ्चार माध्यम र सञ्चारकर्मीको लगत विवरण संकलन गर्ने
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार
नेपाल किसान महासंघ कोशी प्रदेश समितिले प्रधानमन्त्री तथा पशुपंक्षि विकास मन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र
नेपाल किसान महासंघ कोशी प्रदेश समितिले प्रधानमन्त्री तथा पशुपंक्षि विकास मन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र
यज्ञप्रसाद भट्टराई
साउन १५, २०८० सोमबार
लोकप्रिय
आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
१
आङकाजी शेर्पा नेतृत्वको समूहद्वारा काठमाडौं प्रहरी परिसरमा ढुंगामुढाः १२ प्रहरी घाइते, २८ प्रदर्शनकारी पक्राउ
साउन १७, २०८० बुधबार
भरुवा बन्दुकले हानेर श्रीमानले गरे श्रीमतीको हत्या
२
भरुवा बन्दुकले हानेर श्रीमानले गरे श्रीमतीको हत्या
साउन १७, २०८० बुधबार
प्रधानमन्त्री प्रचण्डको परिवारवादले मोरङ माओवादीमा तनाव, ज्वाइँ आचार्यलाई जति पटक सरकार उति पटक मन्त्री
३
प्रधानमन्त्री प्रचण्डको परिवारवादले मोरङ माओवादीमा तनाव, ज्वाइँ आचार्यलाई जति पटक सरकार उति पटक मन्त्री
साउन १७, २०८० बुधबार
छुटाउनुभयो कि?
logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting
130/073/074
Bakhundole-3, Lalitpur, Nepal
महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
गीत / संगीत
अर्थ/व्यापार
तस्वीर आफै बोल्छ
उर्जा/सिंचाई
अर्थतन्त्र
जीवन बीमा
निर्जीवन बीमा
पुस्तक/ समिक्षा
चलचित्र