Saturday, April 19, 2025

१८ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन ५ मा तस्कारले ब्रेकसु बनाएर भित्र्याएका क्वीन्टलभन्दा बढी परिणामको सुनकाण्डबारे सरकारका प्रवक्ता रेखा शर्माले मुख खोलेकी छन् ।

ताजा / भरखरै प्राप्त

प्रमुख विपक्षी दल एमालेले सोही काण्ड छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसदको दुवै सदन अवरुद्ध पार्दै आइरहेको बेला संचार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी प्रवक्ता शर्माले सरकारले चाहेकै कारण तस्करले लुकाईछिपाई भित्र्याएको सुन समातिएको खुलाइन् ।

तस्करी सामान नियन्त्रण लिन र संलग्न व्यक्तिलाई पक्राउ गर्न सरकार दृढ रहेको समेत स्पष्ट पारिन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारले चाहेकै कारण तस्करीका सुन समातेर अनुसन्धान गरिरहेको बताइन् । उनले तस्करीमा संलग्न कोही पनि कारवाहीमा पर्नबाट नछुट्ने विश्वास व्यक्त गरिन् ।

उनले एमालेको मागप्रति लक्षित गर्नै सरकारका विभिन्न जिम्मेवार निकायबाट अनुसन्धान भइरहेका बेला जुनसुकै प्रकारका थप छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारिन् । अर्को समिति बनाउन अनुसन्धान नै विषायन्तर (डाईभर्ट) हुने सक्ने उनको भनाइ थियो । अनुसन्धान निष्कर्ष पुर्याएर दोषीलाई कारवाहीको दायरामा ल्याएरै छाडने उनको भनाइ थियो ।

यही साउन ५ गते तस्कारले मोटरसाइकलको ब्रेकको रुपमा तस्करले विमानस्थलबाट १०० केजी भन्दा बढी भित्र्याएको सुन भन्सार विभागले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि राजनीतिक रुपमै सत्ता र प्रतिपक्ष आरोप र प्रत्यारोपमा उत्रिएका छन् । प्रतिपक्षी एमालेले सरकार तस्कार जाेगाउन लागेकाे आराेप लगाउँदै आएकाे छ भने सरकारले यसकाे चर्काे रूपमा खण्डन गर्दै आइरहेकाे छ । साभार।

राजनीति
अपराध

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles