२० साउन, काठमाडौं । शितलनिवास सरेपछि पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटार आएका छन् । शनिबार उनी काठमाडौंको बोहोराटारमा रहेको आफ्नो निजी निवासमा पुगेका हुन् । घर छोडेको लामो समय भएकाले घरको अवस्था हेर्न उनी बोहोराटार आएका हुन् ।
राष्ट्रपति निर्वाचित भएर शीतल निवासमा सरेका उनी पहिलो पटक बोहोराटारमा पुगेको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपति पौडेल फागुन २५ गते निर्वाचित भएका थिए । निर्वाचित भएयता उनी निजी निवास गएका थिएनन् ।