Tuesday, July 1, 2025

सशस्त्र प्रहरीमा धेरै पदहरू समायोजनसरकारले सशस्त्र प्रहरी बलले तयार पारेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेसँगै दरबन्दी बढेको छ । दरबन्दी बढेसँगै धेरै पदहरू समायोजन भएका छन् ।मन्त्रीपरिषद्ले साउनको पहिलो साता गरेको निर्णय अनुसार सशस्त्रमा ९८ दरबन्दी थप भएका हुन् । दरबन्दी बढेपछि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म बढुवाको सूचीमा परेका छन् ।सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार साधारण समूहतर्फ एक सय ७५ दरबन्दीको समायोजन भएको छ । जसमा एसएसपीको ११ वटा नयाँ दरबन्दी थप गरिएको छ । त्यसै गरी एसपीको ४१ डीएसपीको २८, इन्स्पेक्टरको ४७ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक वरिष्ठ सईको ५८ वटा दरबन्दी सृजना गरिएको जानकारी एसएसपी खड्काले दिए ।यस प्रक्रियासँगै सिसं २ मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको टोली अहिले उपरीक्षक छन् । उनीहरू नै एसएसपीमा बढुवा हुन योग्य मानिन्छन् । २०६० मा भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको ठुलो टोली डिएसपी छन् । दरबन्दी बढेसँगै उनीहरू नै एसपी पदका लागि योग्य मानिन्छन् । २०६४ सालमा भर्ना भएको सिसं ७ का ईन्पेक्टरहरु डिएसपीमा बढुवा हुन योग्य मानिन्छन् । यसैगरी जुनियर अधिकृत, बिल्लादार र जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा तल्लो दर्जासमेत यसबाट लाभान्वित हुने जानकारी एसएसपी खड्काले दिए ।सशस्त्रमा लामो समयपछि ठुलो सङ्ख्यामा एकै पटक बढुवा हुन लागेको यो पहिलो पटक हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएका थिए । पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार सशस्त्र प्रहरी कर्मचारी बढुवा भइसकेका छन् । त्यसै गरी ३ हजार १ सयभन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । यो वर्ष नयाँ थप तथा समायोजन भएको दरबन्दीको कारण साढे ६ हजार भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू बढुवा भई लाभान्वित हुनेछन् ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
दिउँसै स्कुटर चोरी गरेर फरार व्यक्ति पक्राउललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित यातायात कार्यालय अगाडिबाट स्कुटर चोरी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउन ११ गते दिउँसो करिब २ बजेको समयमा लालबहादुर तामाङको बा५६प ६३५४ नम्बरको स्कुटर चोरीमा संलग्न विजयकुमार थापालाई पक्राउ गरिएको हो ।प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–८, कालिन्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठहिटी बस्दै आएका २४ वर्षीय थापाले तामाङलाई ‘तपाई शौचालय गएर आउनु, तपाईको स्कुटर म हेरिदिन्छु’ भनी स्कुटर लिएर फरार भएका थिए । स्कुटरसहित डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकतासमेत चोरी भएकोबारे तामाङले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा विजय कुमार थापालाई साउन २५ गते काठमाडौँ महानगरपालिका–८, गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।थापाले चोरीको उक्त स्कुटर बेचेको प्रहरीसमक्ष बताएपछि प्रहरीले स्कुटर खरिद गर्ने सरोज शाहीलाई समेत पक्राउ गरेको छ । शाहीलाई काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वरबाट स्कुटर र लाल बहादुर तामाङको नागरिकतासहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।रेग्मीका अनुसार पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles