निःशुल्क स्वास्थ्य शिविर संचालन तथा पिउने पानी वितरणसशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालको सहयोग तथा चन्द्रागिरी नगरपालिका र मच्छेनारायण मन्दिर व्यवस्थापन समितिको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा पिउने पानी वितरण गरेको छ ।सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारीजैसीको प्रमुख आतिथ्यतामा साउन २७ गते मच्छेनारायण मन्दिरमा भईरहेकोपुरुषोत्तम मलमास मेलामा पाल्नुहुने भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्यपरिक्षण र पिउने पानी वितरण गरिएको हो । ३७ जना महिला र ५३ जना पुरुष गरी जम्मा ९० जना भक्तजनहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष, सशस्त्रप्रहरी परिवार महिला संघका पदाधिकारीहरु, मच्छेनारायण मन्दिर व्यवस्थापनसमितिका अध्यक्ष लगायत नेपाल एपीएफ अस्पतालका चिकित्सक तथास्वास्थ्यकर्मीहरु र अन्य सर्वसाधारणहरुको समेत उपस्थिती रहेको थियो ।