बुवाको हत्या गर्ने छोरा पक्राउबारा । बाराको जितपुरसिमरा उप–महानगरपालिकामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरालाई आज प्रहरीले प्रक्राउ गरेको छ ।जितपुरसिमरा उप महानगरपालिका टाङ्गियाबस्ती–१६ बस्ने ९० वर्षीय बुवा माइतसिङ् घलानलाई हत्या गर्ने आफ्नै ६० वर्षीय छोरा दिल बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।घरायासी विवादको कारणले छोराले आफ्नै बुवाको हत्या भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।मृतकको शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैया पठाईको र हत्या गर्ने छोरालाई हाल ईलाका प्रहरी कार्यलय निजगढमा थप अनुसन्धानको लागी राखिएको छ ।६० वर्षीय घलान मादक पदार्थ सेवन गरेको र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।साभार