म प्रहरी बाट अबकास भएको १५ बर्ष भयो र यस अघी २३ बर्ष प्रहरीमा बितांए।करीब ३८ बर्षको मेरो अनुभबमा नेपाल प्रहरी यती बलियो, सम्मानित र जन बिश्वास जित्न सफल भएको कहिल्यै देखिन ।
राजाका समएमा प्रहरी माथि बिश्वास थिएन । त्यो संस्थाले संधै शेना लाइनै च्याप्थ्यो र दरबारको शैनिक सचिबालए हेर्ने शेना र दरबार संग नजिक हुन सक्ने हरु मात्र माथि जान सक्थे ।प्रहरी प्रमुख हरु सामान खरीद गर्न समेत पहिला दरबार र शैनिक अधिक्रीत हरु बाट पर्मिसन लिन्थे। तिन्ले भनेको ठेकेदार हरु लाइ खरिदको काम दिइन्थ्यो। अलिकती त्याहा सेवा गर्न सकिएनकी डि. बि लामा ले झै जेल जानु पर्दथ्यो। पजनिमा पर्नु पर्थ्यो।
२०४८ साल पछी प्रजातान्त्रीक सरकारका लागि प्रहरी पंचाएतको सेबक थियो र यस संस्थालाइ फेरी अबिश्वास सुरु भयो। यस सोचको पिडीत रत्न शंसेर , हेम बहादुर साब लगाएत थुप्रै पजनीमा पारिएका अफिसर हरु पनि भए। त्यस समएका एसएसपी दर्जाका अफिसर हरुले बालुवाटार र सिंह दरबार संग नजिकता बडाइ आफु अगाडिका सिनीएर हरु लाइ पंचाएत , राजा र प्रजातन्त्रको बिरोधी भन्दै फॉडेर अप्राक्रीतिक ढंगले नेत्रीत्वमा पुग्न त सफल भए तर प्रहरी संगठन लाइ फेरी दरबार बाट सिंह दरबार र बालुवाटारको दास बनाइ दिए।
यो दासत्व प्रहरी संगठनका लागी पहिले दरबाारको दासत्व भन्दा पनी खतरनाक थियो किनकी आइजीपी हुन नै रकम बुझाउनु पर्ने र सत्तामा रहेको दलको रक्षा गर्न प्रहरी अफिसर हरु क्याडर भएर काम गर्नु पर्ने नया अबस्था आयो। आइजिपी हरु आफै अशुरक्षित हुन थाले र बालुवाटार र सिंहदरबारले सरुवा बढुवा र खरिद गर्न थाल्यो। प्रहरीका आइजिपी हरु भ्रष्टाचारको मुद्दामा आफै पर्न थाले र प्रहरी हरु पैसा , सत्ता धारी दलको क्याडर र षडयन्त्रको सहारा लिएर माथि जान थाले।प्रहरी कल्याणकोष समेत खाइ बालुवाटार र सिंहदरबारमा बुझाउने प्रहरी नेत्रीत्व हरु ब्यक्तीगत रुपमा धनि भए तर फौजको मान मर्यादा तल तल झर्दै गयो। उनि हरु दलको क्याडर झै देखिए।
मैले जागीर छोडुनजेल ( २०६४) सास सम्म आइपुग्दा त प्रहरी हरुमा आत्माबल निक्कै कमजोड भै सकेको थियो। काम गरेर , बहादुर र इमान्दार भएर माथि पुगीन्छ भन्ने त कुनै संभाबना थिएन।केबल सत्ताको दया र त्यो दयाको लागी पैसा , केबल आइजीपी को गुट र त्यो गुटमा पर्नका लागी चाकडी,कस्को सरकार छ ? कसरी अड्ने ? बस् हाम्रो धुन त्यती मात्र थियो। त्यस अबस्थामा मंन्त्री प्रधान मंन्त्री लाइ पैसा बुझाउन सक्ने नै सफल हुन सक्थे र तिन्का बिरुद्धमा बोल्नकारबाही गर्न सक्ने हिम्मत कसैको थिएन।
मैले छोडे पछि पनी बाहिर बाट हेर्दा स्थिती उहि थियो र लगभग प्रहरीमा पद्दतीले काम गर्न छोडि सकेको थियो। पैसा दिएर आइजिपी भए भन्ने चर्चा साधारण भै सकेको थियो।यस समए कोहि प्रहरी बहादुर र इमान्दार बुन खोजे ती टिक्थेनन् ।
तर इतिहासमा हालका प्रहरी गज्जब देखिए।उनिहरु संग आज प्रधान मंन्त्री हरु समेत डराइ रहेका छन्। उनी हरु भन्छन् हामि बयान दिन प्रहरीमा आउन तयार छौ । ग्रीह मंन्त्री भएका हरु खुरुक्क प्रहरी भ्यान चढेर प्रहरी हिरासतमा गै रहेका छन्। प्रहरी संग सरुवा बढुवामा पैसा माग्न कसैको हिम्मत छैन। ३० बर्षे हटाउन पनी सब तयार छन्। पारलामेन्ट
राजश्व र अख्तियार भन्दा सिबिआइ माथि बिश्वास गर्दछ । प्रहरीमा सबै अफिसर बलियो देखिएका छन् ।
म यो के दोख्दै छु ।? म आफै दंग पर्छु र यो साधारण घटना होइन। हालका आइजीपी बसन्त बहादुर कुंवरको कद काठी र ब्यबहार साधारण देखिएला तर उन्को नेत्रीत्वमा भएको काम कारबाही साधारण छैनन्, असाधारण छन् ।आज स्थिती यस्तो छ की मन नपरे पनी दल हरु प्रहरीको तारीफ गर्न बाध्य छन्।
यो स्थिती अब कती समए रहन्छ कुन्नी ? प्रहरीको एक्सनले अहिले भित्र भित्र सबको सातो गएको छ कीनकी हरेक ठुला
अनिमिएतताका कॉण्ड हरुमा बालुवाटार र सिंहदरबार जोडिएकै छ। आज संसदको अबरोध पनी त्यसै भै रहेको छैन।त्यो अबरोध प्रहरी कारबाही लाइ ब्रेक लगाउननै भै रहेको छ ।
सरकार परीबर्तन भएमा प्रहरी कारबाही सिथीलता आउने छ वा प्रहरी अर्को सरकारको बदला लिने काममा प्रयोग हुन सक्छ तर आज प्रहरीको जे स्थीती छ त्यो अद्वितीए छ। मेरो अनुभबमा इतिहासमा नेपाल प्रहरी सबै भन्दा सम्मानित र बलियो भएको क्षण यही हो। समए सधै उस्तै रहदैन तर यो समए र नेत्रीत्व प्रहरी संगठनले गौरब गरे हुन्छ । यो समए प्रहरी संगठनका लागी सुनौलो अक्षरले लेखिने समए हो बस् प्रहरीले नैतीकता पक्री सेबक भएर निस्पक्ष काम भने गरी रहनु पर्दछ ।
पद कुन सम्म पुगीयो यस्को खासै अर्थ रहेनछ कीनकी अबकास पछी फुटपाथमा ठुला पदका पनी केहि हैसिएत नभएको देखियो तर पदमा रंहदा काम के गरीयो ? यस्को भने मुल्यॉडंकन हुन्छ। अहिलेको प्रहरीको मुल्यॉङकन उच्च छ र हुने छ ।साभार।
