Monday, April 21, 2025

समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा

ताजा / भरखरै प्राप्त

नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाल)मा फर्किएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटामा प्रवेश गराएका हुन् ।तुलाधर नेपाल शिक्षक महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ । सो क्रममा एमालेका केन्द्रीय सदस्य बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारी पनि सहभागी थिए ।एमालेको विभाजनबाट एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles