Sunday, June 29, 2025

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा प्रस्थान गरेका छन् । चीनको कुनमिङमा आयोजना हुने सातौँ चीन दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । उनी यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles