गत आर्थिक वर्ष २०७९–८० मा नेपालबाट करीब ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । भन्सार विभागका अनुसार कुल ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । नेपालबाट चिया निर्यात हुने प्रमुख मुलुक ९ ओटा रहेका छन् । पहिलोमा रहेको भारतले ३ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ बराबरको चिया आयात गरेको छ । दोस्रोमा रहेको अमेरिकामा १३ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।