Tuesday, July 1, 2025

बालिकामाथि यौन दुर्व्यवहारप्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध :-

ताजा / भरखरै प्राप्त

जनकपुरधाम । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले आरोपित प्रहरी जवानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।आरोपी जवानलाई संरक्षण नगर्न खबरदारी गर्दै स्थानीय वासिन्दाले मिथिला नगरपालिका-९ ललागढस्थित प्रहरीचौकी घेराउ र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । पौने १२ बजेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेको वडा नं. ९ का वडाध्यक्ष सविनविक्रम थापाले बताए ।
थापाका अनुसार प्रहरीको ड्रग शाखामा कार्यरत रुपेश चौधरीसहित दुई जना प्रहरी कर्मचारी गाउँ आएका थिए । त्यतिबेला बालिकालाई बोलाएर यौन दुर्व्यवहार गरेको उनको भनाइ छ ।राति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्नुपर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले माग राखेका थिए । तर मादक पदार्थ सेवन गरेको वा नगरेको स्वास्थ्य जाँच गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा नल्याएको भन्दै राजमार्ग अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।

Previous article
पर्साका सशस्त्र प्रहरीले २४ करोड बढीको समान पक्राउपर्सा, ३० साउन ।भारतबाट चोरी पैठारीगरी नेपाल भित्राएका २४ करोड बढीको बिभिन्न मालसमान पक्राउगरी भंसार बुझाएका छन् ।गतबर्ष ०७९÷०८० को साउनदेखि असार मसान्तसम्म पर्सा जिल्लाको बिभिन्न नाका भएर नेपाल भित्राएका मालसमानहरुलाई सीमा क्षेत्रबाट पक्राउगरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले जनाएको छ ।गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार पक्राउ परेका समानको मुल्य भने २४ करोड २८ लाख ८० हजार ९३१ रुपैयाँ भन्सार कार्यालयले तोकेको जनाए ।१८ लाख ४८ हजार ९६० रुपैयाँको कुखरा, कुखुराको मासु, माछा, ५९ लाख ७४ हजार ४७० रुपैयाँको पशु चौपाया, ३लाख २० हजार १४० रुपैयाँको मदिरा, ४ लाख १८ हजार ९८० रुपैयाँको सुर्ति, ४ लाख १९ हजार ६७ रुपैयाँको पटका,३७ लाख २१ हजार ५९६ रुपैयाँ हुण्डीको कारोवार गर्ने नगदी रुपैया, एक लाख ७५ हजार ७२ रुपैयाँको सुन तथा चाँदी, १२ करोड६५ लाख १० हजार ३११ रुपैयाँको लत्ताकपडा, किराना, हार्डवेयर र ईलाक्ट्रोनिक्स सामानहरु पक्राउगरी भन्सार कार्यालयमा बुझाएका छन् ।यसैगरी ९ करोड ८४ लाख ५३ हजार ४ सय रुपैयाँ बराबरको सवारी साधनहरु पक्राउ भएको थियो । त्यसमा ६ वटा अटो, एउटा स्कारपियो, एउटा सुजुकी कार, एउटा पिकअप, ४ वटा कार, एउटा टाटासुमो र ५९ वटा मोटरसाईकल पक्राउ गरिएको थियो ।यसैगरी ५० लाख ३८ हजार ७३५ रुपैयाँ बराबरको १३५९.७ क्यूफिट अबैध काठगरी जम्मा रु.२४,२८,८०,९३१ भन्सार कार्यालय वीरगंजमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।यसैगरी विल विजक भन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापन पत्र बिना सामान ढुवानी गरी राजश्व छलिमा संलग्न रहेको ३६ वटा ट्रक, २ वटा पिकअप, २ वटा बोलोरो र ४ वटा ट्याक्टर लगायतका सवारी साधनपनि पक्राउ गरि बुझइएको छ ।यसैगरी सशस्त्र प्रहरी बल नेपाल तथा ती अन्तर्गतका यूनिटबाट आर्थिकबर्ष २०७९÷८० मा ८४५.८५ किलो गाँजा, ७६ बोटल विन्करेक्स, ३०.८१० किलोग्राम चरेश लगायतका लागुऔषधसहित २० वटा मोटरसाईकल, २ वटा ट्रक र एउटा बसलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको छ ।यसैगरी विभिन्न गैर कानुनी कार्य तथा अपराधिक गतिविधिमा संलग्न रहेका ११४ जना व्यक्तिहरुलाई पक्राउ गरी सम्बन्धीत निकायमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।यसैगरी ४० जना लागुऔषधमा, १४ जना विद्युत चुहावटमा, ५ जना नगद रुपैयामा, एकएक जना नागरिकता र चोरी तस्करीमा, ४ जना होहल्ला, झगडामा, ८ जना चोरीमा,२ जना अनाधिकृत रुपमा सीमा भित्र प्रवेश गरेका, एक जना नक्कली नोटको कारोबारमा, १० जना हतियार,गोली, गठ्ठामा, २ जना सशस्त्र प्रहरी कर्मचारी माथि हातपात गर्ने, २ जना रुद्राक्ष, जडिबुटी र ७ जना कस्तुरीको विणासहितको कार्य गर्ने र २८ जना मानव तस्करमा संलग्न रहेकालाई पक्राउगरी प्रहरीमा बुझाइएको छ ।यसैगरी नदी जन्य उत्खन्न गर्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई सम्बन्धित गाँउपालिका कार्यलयमा बुझाईएको र सो पालिकाले प्रति ट्याक्टर रु. ५ हजारको दरले जरिवानासमेत गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले जनाएको छ ।
Next article
कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदैनेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ ।करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिए ।पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएको अस्पतालका प्रमुख डा राईले बताए ।नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएका हुन् ।डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको डा भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए ।डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो ।अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो ।राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles