Tuesday, July 1, 2025

सरकारले मुलुकमा चामल अभाव टार्न एक लाख ५५ हजार टनका खरिदका लागि भारतलाई पत्र पठाएको छ ।

ताजा / भरखरै प्राप्त

भारतले यही साउन ६देखि बासमती बाहेक अन्य चामल निर्यातमा बन्देज लगाएको छ । त्यसबाट नेपालले चामल आयात गर्न सकेको छैन । देशभित्र भएका चामलले मात्र आवश्यक खाद्यन्न धान्न नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँग निर्यात खुला गर्न पठाएको हो ।

एक लाख टनभित्र चिनी समेत समावेश गरिएको छ । उद्योग मन्त्रालयको अनुरोधमा परराष्ट मन्त्रालयले पत्र भारतीय राजदूतावासमार्फत भारत सरकारलाई पठाएको हो । भारतले भने अहिलेसम्म जवाफ नपठाएको परराष्ट्रले जनाएको छ । चामलका लागि परराष्ट्रमार्फत भारत सरकारलाई पत्राचार गरेकाे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वीकारेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग न्यूनतम ३ लाख क्विन्टल खाद्यान्न मौज्दात हुनुपर्नेमा ९५ हजार क्विन्टल मात्रै रहेको बताइएको छ । सार्क फुड बैंकमा पनि छैन चामल मौज्दात न्यून रहेको बताइएको छ ।

कृषिमा आत्मनिर्भर बनाउने सरकारको घोषणा निकम्मा सावित भएको भन्दै विज्ञहरुले सरकारको आलोचना गरेका छन् । सरकारको अकर्मण्यताका कारण नेपालहरु कृषिजन्य उपजमा ८० प्रतिशतसम्म विदेशी आयातमा निर्भर हुनुपर्ने विवशता रहेको उनीहरुको भनाइ छ ।

Previous article
कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदैनेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ ।करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिए ।पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा तिमोथी स्प्रौलसमेत आएको अस्पतालका प्रमुख डा राईले बताए ।नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा स्प्रौल आफ्नै खर्चमा डा भण्डारीको शल्यक्रिया गर्न आएका हुन् ।डा स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको डा भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिए ।डा भण्डारीको शल्यक्रिया डा स्प्रौलसँगै प्रा डा बिडी झा, प्रा डा शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा अनुप सुवेदी, डा प्रदीप राजभण्डारी, डा प्रविन गिरी, डा निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो ।भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उनलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो ।अस्पतालमा उनलाई फिजियो थेरामी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उनको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो ।राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उनका निकटस्थहरूले बताएका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles