Saturday, April 19, 2025

पर्साको वीरगंजमा पानीटंकी एरिया मा प्रभु सिटी स्क्यान सेवा संचालनमा आएको छ । शरीरका सम्पूर्ण भागलाई स्क्यान गरेर भित्री देखिने समस्यालाई सजिलो उपचार गर्न सक्ने अत्याधुनिक प्रविधी सहितको प्रभु सिटी स्क्यान सेवा आज देखी संचालनमा आएको हो ।

ताजा / भरखरै प्राप्त

प्रभु हस्पिटल नजिकै रहेको यस सिटी स्क्यानको वीरगंज महानगरपालिका वडा नं. ४ र ८ का वडाध्यक्ष जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा रिबन काटी आज उद्घाटन गरेका हुन् । यस सिटी स्क्यानमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड लगायत सम्पूर्ण सेवा उपलब्ध हुने भएको छ । क्यान्सर, ब्लडप्रेसर, ब्रेन हैमरेज, टाउको दुख्ने, छातीमा पानी जमेको, रिडको हड्डी टुटेकोे लगायत अनेक समस्याको रोग पत्ता लगाई सबै उपचारको सुविधा यहाँ मिल्ने रहेको सिटी स्क्यानका संचालक डाक्टर निरन्जन साहले बताए ।

सेवा शुरु गरेको यस सिटी स्क्यान सेन्टरमा अन्य भन्दा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध रहेको डाक्टर साहले बताए । यहाँ विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा उपलब्ध हुने रेडियोलोजिस्ट डाक्टर डम्बर साहले बताए । अरु सिटी स्क्यान भन्दा प्रभु सिटी स्क्यानले आजको आजै स्क्यान गरि तुरुन्तै रिपोर्ट दिई चौबिसै घण्टा गुणस्तरीय सेवा दिने गरेको डा. साहले बताए ।

your AD here
कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको संचालक द्वय साहको भनाई छ । बिरामीहरुको चेकजाँच गर्ने बितिकै ह्वाट्सअफ मै तुरुन्तै रिपोर्ट पठाउने गरेको अर्का संचालन रोडियोलोजिस्ट डा. डम्बर साहले जानकारी दिए ।

साढे ३ करोडभन्दा बढिको लगानीमा संचालनमा आएको प्रभु सिटी स्क्यानले मधेश प्रदेश अन्तर्गतको जिल्ला सहित छिमेकी मुलुक भारतसम्म सेवाग्राहीहरुलाई राहत मिल्ने डा. डम्बर साहले बताए ।

उद्घाटन कार्यक्रममा प्रभु हस्पिटलका संचालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, एमाले नेता शम्भु गुप्ता, लोसपाका नेता नेजामुद्दिन समानी, प्रहरी समुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासु सहनी, कोषाध्यक्ष प्रवेश सर्राफ, अधिवक्ता शालिग्राम साह, वडा नं. १२ का वडा सदस्य अनिता क्षेत्री, कांग्रेसका युवा नेता दिलीप राज कार्की लगायतको सहभागिता रहेको थियो ।

Previous article
टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहरसर्वोच्च अदालतले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।तर, सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।साभार
Next article
हत्या गरी खोल्सीको झाडीमा लुकाइएको शव फेलाझापा । झापाको मेचीनगरमा एक ४३ वर्षीय पुरूषको हत्या गरी खोल्सीको झाडीमा लुकाइएको अवस्थामा शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार मेचीनगर–८ का ४३ वर्षीय सुन्दर किसानको शव मृत अवस्थामा भेटिएको हो ।उनका अनुसार घटना किन र कहिले भयो ? भन्ने बारे भने अनुसन्धान भइरहेको छ । जिल्ला र प्रदेश प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।शवको प्रकृति हेर्दा विभत्स तरिकाले हत्या गरिएको देखिन्छ । यद्यपि प्रहरी अनुसन्धान भइरहेकाले अनुसन्धानले नै थप कुरा पत्ता लगाउने प्रवक्ता रिजालले बताए ।साभार!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles