Sunday, June 29, 2025

पर्सामा कार्यरत ३ प्रहरी निरीक्षकको सरुवा

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । वीरगञ्जस्थित वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीनिरीक्षकहरुको सरुवा भएको छ । प्रधान कार्यालयले पर्सामा कार्यरत ४ जना प्रहरी निरीक्षकसँगै देशैभरका ९ सय ५८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।
काजमा सरुवा भएर आएका वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको नेपाल प्रहरी अनुसन्धान कार्यालय विद्युतीय अपराध कसुर तथा साइबर अपराध अनुसन्धान शाखा किर्तिपुरमा सरुवा भएको छ । शाहीको ठाउँमा धर्मजंग थिंग आउने भएका छन् । वडा प्रहरी कार्यालय विर्ताका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक विदुर प्रसाद शिवाकोटीको प्रहरी वृत लैनचोर काठमाण्डौमा सरुवा भएको छ भने उनको ठाउँमा पुष्कर बोगटी आउने भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखमा कार्यरत प्रहरी निरिक्षक मणिराम थापाको पनि सरुवा भएको छ । उनको इलाका प्रहरी कार्यालय टोकरपुर, रामेछापमा सरुवा भएको छ भने उनको ठाउँमा भाष्कर खतिवडा आउने भएका छन् ।
यीसंगै काज मै खटाइएका इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुखमा कार्यरत प्रहरी प्रहरी निरिक्षक मोहन बिक्रमको पोखरिया मै दरबन्दी कायम गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles