Sunday, June 29, 2025

पर्सामा ६०२ वटा बैङ्किङ कसुर मुद्दा, ५२० मुद्दा फर्स्यौट

ताजा / भरखरै प्राप्त

वीरगञ्ज । अघिल्लो वर्षहरूको तुलनामा पर्सा जिल्लामा गत आर्थिक वर्षमा बैङ्किङ कसुरका मुद्दामा वृद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ६४ प्रतिशतले बैङ्किङ कसुरको मुद्दामा वृद्ध भएको हो ।आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी कार्यालय पर्सामा कूल ६ सय २ वटा बैङ्किङ कसुरको मुद्दा दर्ता भएको पर्सा प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ । त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा पर्सा प्रहरीले ३ सय ८४ वटा मात्र बैङ्किङ कसुरको मुद्दा दर्ता गरेको थियो ।पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक कोमल विक्रम शाहले तीन वर्षको तथ्याङ्कलाई केलाउँदा गत आर्थिक वर्षमा बैङ्किङ कसुरको मुद्दामा ह्वातै वृद्ध भएको देखिन्छ ।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका ६ सय २ बैङ्किङ कसुरका मुद्दा मध्ये ५ सय २० वटा मुद्दा फर्छ्यौट भएका छन् । ८२ मुद्दाको अहिलेसम्म टुङ्गो लाग्न नसकेको एसपी शाहले जानकारी दिए । एसपी शाहले जिल्लामा दर्ता भएका २२ सय ७२ मुद्दामध्ये अधिकांश मुद्दा बैङ्किङ कसुरको रहेको समेत बताए ।प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७७/७८ मा जम्मा ७२ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएकोका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles