गम्भीर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको आफन्तले बताएका छन् । लापरवाहीबाट ज्यान गएको भन्दै आफन्त र स्थानीयले बिहीबार बिहानभर पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सवारी आवतजावत बन्द गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुकासाल क्षेत्रमा गरेको प्रदर्शन अहिले पनि जारी छ ।
मृतक आफन्तले मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । प्रदर्शनकारीसँग प्राधिकरणले वार्ता गर्ने तयारी गरेको छ । यसमा समन्वय जिल्ला प्रशासन कार्यालयले गरिरहेको छ । मृतक ओडका श्रीमती र तीन छोराछोरी छन् ।
सुदूरपिश्चम प्रदेश
दुर्घटना/मृत्यु
