Sunday, June 29, 2025

प्रहरी सरुवा मापदण्डमा चलखेल

ताजा / भरखरै प्राप्त

काठमाडौं । हरेक पटक नयाँ गृहमन्त्री आउने र नेपाल प्रहरीको सरुवा मापदण्ड परिवर्तन हुने परम्परा बनेको छ । विगत १५ वर्षदेखि यो क्रम चलिरहेको छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला गृहमन्त्री रहेका वामदेव गौतमले पनि सरुवा मापदण्ड बनाएका थिए । त्यस्तै भीम रावल गृहमन्त्री भएका बेला इन्स्पेक्टरदेखि एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानीरिक्षकलाई दिदै सरुवा मापदण्ड बनाएका थिए ।कुवेरसिंह राना आइजीपी र नवराज ढकाल एआइजी तथा मानव स्रोत विभाग प्रमुख हुँदा अर्को मापदण्ड बनेको थियो । त्यो कार्यान्वयन हुन नपाउदै उपेन्द्रकान्त अर्याल आइजीपी भएको बेला तत्कालीन मन्त्री विमलेन्द्र निधिले सो मापदण्डलाई परिवर्तन गराएका थिए । त्यसयताका धेरैजसो गृहमन्त्रीहरुले आफ्नो अनुकुल मापदण्ड परिवर्तन गरेर आफूलाई अनुकुल लाग्ने प्रहरी अधिकारीहरुको सरुवा गर्ने गरेका थिए ।
अहिलेपनि सरुवाका लागि नयाँ मापदण्ड बनेको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावअनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड–०८० स्वीकृत गरेको छ । नयाँ मापदण्ड स्वीकृत भएलगत्तै विभिन्न तहको सरुवा अघि बढेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायत बताउँछन् ।
नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि क र ख गरी दुईवटा श्रेणी मात्र भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको बताइएपनि अवसर आउदा प्रायः राजनीतिक शक्ति र आर्थिक शक्तिको प्रयोग हुने भएकाले यस्तो मापदण्डको कुनै अर्थ नहुने एक डिआइजीले बताए ।
‘विगतमा १० महिनाअघि बढुवा भएकाहरुको १० महिनापछि बढुवा हुनेको अवस्था एउटै भयो, तराई मधेसका जिल्लामा दोहोर्यार इन्चार्ज पठाउन नपाइने मापदण्ड बनाउदा झन बढी आर्थिक चलखेल भयो, पहाडका जिल्लामा एक वर्ष बसेकालाई अर्को इन्चार्ज दिनुपर्नेमा गण गुल्मतिर थन्क्याएर राख्न थालियो, अहिले पनि यो मापदण्ड केही व्यक्तिहरुलाई हेरर बनाइएको छ, हुँ बहुँ लागु हुन कठिन रहेको छ’, प्रहरी प्रधान कार्यालयका ती अधिकारीले दृष्टिसँग भने ।
मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि कमै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्काे कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान राखिएका छन् ।
यसका साथै अवकाश हुनुअघि इन्चार्ज नदिने पुरानो परम्परालाई यसअघिका आइजीपीको पालामा तोडिएको थियो । त्यसलाई भने यो मापदण्डमा समेटिएको छैन । अवकाश हुने बेलामा इन्चार्ज दिदा कमाण्ड राम्रो नहुने र आर्थिक रुपमा अनुशासित हुन नसक्ने भएकाले इन्चार्ज नदिने मापदण्ड बनाइएको थियो । तर त्यो मापदण्डलाई अहिले उल्लंघन भएको छ ।
नेपाल प्रहरीको इन्स्पेक्टरदेखि एसपीसम्मको सरुवाका लागि नयाँ मापदण्ड बनेको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावअनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड–०८० स्वीकृत गरेको हो । नयाँ मापदण्ड स्वीकृत भएलगत्तै विभिन्न तहको सरुवा अघि बढेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि क र ख गरी दुईवटा श्रेणीमात्र भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको हो । मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि कमै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्काे कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् ।

Previous article
Next article
टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहरसर्वोच्च अदालतले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी मिनाहा गरेका थिए ।तर, सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको छ ।‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।साभार
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles