‘कानून कार्यान्वयन’ अनुशिक्षण तालिम समापनसशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौंमा संचालन भएको‘कानून कार्यान्वयन’ अनुशिक्षण तालिमको सशस्त्र प्रहरी अतिरिक्तमहानिरीक्षक नारायणदत्त पौडेलले साउन ३१ गते समापन गर्नुभएको छ ।अतरिक्त महानिरीक्षक पौडेलले सफलतापूर्वक तालिम सम्पन्न गरेकाप्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक धन्यवाद दिनुहुँदै कार्यक्षेत्रमाखटिदा सशस्त्र प्रहरी कर्मचारीहरुले कानूनद्वारा निर्देशित कुराहरुलाईध्यानमा राखी नियमसम्मत तरिकाले त्रुटिरहित ढंगबाट कार्यसम्पादनगर्नुपर्ने बताउनुभयो ।उहाँले कानून सम्बन्धी ज्ञान सबैमा हुनुपर्ने तथा कानूनी अज्ञानताको छुटकसैलाई पनि नहुने उल्लेख गर्नुहुँदै यस प्रकारका तालिम क्रमशः सबैबाहिनीहरुमा संचालन गरिने बताउनुभयो ।कार्यक्रममा नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपतिसशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापा लगायत सशस्त्र प्रहरीबल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु र बिल्लादार जवानहरुको समेतउपस्थिती रहेको थियो ।