राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गएराति करिव ८ः३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगा मरेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
अन्य दुई राँगा घाईते भएका छन् । ठक्कर दिएर भागेको बसचालकलाई बससहित प्रहरीले नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ । मरेका राँगाको क्षतिपूर्तिबारे बसधनी र किसानबीच छलफल भइरहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश
