Sunday, June 29, 2025

महिला विश्वकपको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्विडेन खेल्दैफिफा महिला विश्वकपको तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।अष्ट्रलियाको क्विन्सल्याण्डस्थित सनकर्प स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे खेल सुरु हुनेछ ।स्विडेनको विश्वकप जित्ने सपनालाई स्पेनले समाप्त गरेको थियो भने दोस्रो सेमिफाइनलमा सह-आयोजक अस्ट्रेलिया टाई ब्रेकरमा इंग्ल्यान्डसँग स्तब्ध भएको थियो ।समूह चरण पार गरेपछि स्पेनसँग सेमिफाइनलको भिडन्त तय गर्न स्विडेनले दुई पूर्व विजेता अमेरिका र जापानलाई नकआउट गरेको थियो । सन् १९९१, २०११ र २०१९ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको स्विडेन चार पटक तेस्रो स्थानको प्लेअफ खेल्ने पहिलो टोली बन्दै छ ।स्विडेनका प्रशिक्षक पिटर गेर्हार्डसनले स्विडेनलाई तेस्रो स्थान मात्र हासिल गर्न सक्ने टोलीको ट्याग लागे पनि आफ्नो टोलीको चाहना त्यो नभएको तर खेलाडी र प्रशिक्षकको रुपमा आफूले हरेक नतिजालाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।घरेलु समर्थकमाझ चिरपरिचित प्रतिद्वन्द्वी इंग्ल्यान्डको भेट पक्का गर्न अस्ट्रेलियाले पनि प्रभावशाली सुरुवात गर्‍यो । नटकआउट चरणमा डेनमार्कलाई २–० ले पराजित गर्दा क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा नाटकीय जित हात पारेको थियो ।अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्टाभसनले घरेलु समर्थकबीच फाइनल पुग्न नसके पनि आफ्नो टिमको प्रदर्शन प्रसंशनीय भएको बताएका छन् । घरेलु मैदानमा पहिलो पटक शीर्ष चारमा पुग्नु आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।महिला विश्वकपको उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच भोलि भिडन्त हुनेछ । फाइनल खेल भोलि अपराह्न पौने चार बजे हुनेछ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles