Sunday, April 20, 2025

आयल निगमले थाल्यो वीरगंजबाट डिजेलको बिलिङअमलेखगन्जभन्दा लिटरमा ७५ पैसा सस्तो पर्नेवीरगंज। नेपाल आयल निगम लिमिटेडले वीरगंजबाट पेट्रोलियम पदार्थको बिक्री वितरण पुनः सुरु गरेको छ। यसले वीरगंज र आसपास क्षेत्रका पेट्रोलियम व्यवसायीलाई डिजल खरिद कारोबारका लागि अमलेखगन्ज पुग्नैपर्ने बाध्यता हटेको छ। यसबाट उपभोक्ता मूल्य पनि सस्तिने भएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शनिबार एक कार्यक्रमका बीच बिलिङ सेवा शुभारम्भ गरेका हुन्। सेवा पुनः सुरु भएकोमा उनले खुसी व्यक्त गरे। यसले वीरगंज र आसपासका पेट्रोलियम पदार्थ बिक्रेतालाई सेवा लिन सहज भएको उनले बताए। निगमको वीरगंज शाखाबाट उक्त सेवा २ वर्ष अघि बन्द गरिएको थियो।निगमको बिलिङ सेवाअन्तर्गत अहिलेलाई डिलरहरुले वीरगंजबाट डिजेल र मट्टितेल लगायतको खरिद गर्न सक्छन्। यसअघि पर्सा–बाराका पेट्रोलियम व्यवसायीले बाराको अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थको खरिदको लागि बिलिङ गर्नुपर्ने बाध्यता थियो।२०७७ माघ दोस्रो सातादेखि अमलेखगंजमा बिलिङ गर्नुपर्ने व्यवस्था लागु भएपछि यस भेगका व्यवसायीहरु मर्कामा परेको वीरगंज पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विनोद चौरसियाले बताए। अब डिजेल र पेट्रोल पर्सा–बारामा पहिलेको भन्दा ७५ पैसा सस्तोमा उपभोक्ताले पाउने उनले बताए।कांग्रेसका पर्सा जिल्ला सभापति तथा मधेश प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले आयल निगमले वीरगंज शाखाबाट बिलिङ पुनः थाल्ने निर्णय उचित भएको बताए। यसबाट व्यवसायीले छिटोछरितो सुविधा लिन सक्ने उनको भनाइ थियो।कार्यक्रममा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल, निगमका महाप्रबन्धक उमेश थानी, उपमहाप्रबन्धकद्वय वीरेन्द्र गोइत र नागेन्द्र साह, अमलेखगंज डिपो प्रमुख विनितमणी उपाध्याय, वीरगंज शाखा प्रमुख मनोज साह, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दास, पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्व अर्याल लगायतको उपस्थिति थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
साढे १७ हजार नक्कली नोटसहित एक युवक पक्राउविराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् । उनको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो । त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles