Sunday, April 20, 2025

भारतले निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ । शनिबारदेखि लागू हुने यसअघि कायम रहेको करमा थप निर्यात कर लगाएको हो । प्याज निर्यात रोक्ने उद्देश्यले थप कर लगाइएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

ताजा / भरखरै प्राप्त

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको जनाएका छन् । भारतको यो निर्णयले नेपाली बजारमा प्याजको मूल्य बढ्ने देखिएको छ ।

नेपालले भारतबाट हरेक वर्ष लाखौं टन प्याज आयात गर्दै आइरहेको छ । नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो । भारत विश्वकै ठूलो मात्रामा प्याज निर्यात गर्ने मुलुकको सूचीमा पर्दछ ।

नेपालमा अहिले ६० रुपैयाँमा थोक बिक्री भइरहेको छ । उपभोक्ता मूल्य ७५ रुपैयाँसम्म पुगेको छ । नेपाली गोलभेँडा भारत निर्यात हुँदै होलसेल मूल्य प्रतिकेजी १ सय ४० रुपैयाँ पुगेको छ ।

नेपालमा खपत हुने प्याज ८३ प्रतिशत भारतबाट आयात हुने सरकरी तथ्यांकले देखाएको छ । लसुन भने चीनबाट आयात हुने गरिएको छ ।

कृषि
भन्सार/राजश्व

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles