Monday, June 30, 2025

एनसेलको नम्बरबाट निःशुल्क हेलो सरकारमा कल गर्न सकिने

ताजा / भरखरै प्राप्त

एनसेलको नम्बरबाट हेलो सरकारमा कल गर्दा शुल्क नलाग्ने भएको छ । हेलो सरकारले एक सूचना जारी गर्दै एनसेलको नम्बरबाट आम नगरिकले निःशुल्क कल गरेर गुनासो टिपाउन सक्ने जनाएको छ । यस्तै, यसअघि एनसेलका नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्णरूपमा समाधान भएको हेलो सरकारले उल्लेख गरेको छ । त्यसैगरी अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्ने भएका छन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, इमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिनेछ । सरकारले नागरिकको गुनासो सुन्न उक्त सेवालाई चौबिसै घण्टा सञ्चालन गर्दै आएको छ ।

Previous article
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेले गर्‍यो बहिस्कारराष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको हो ।राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।‘दलहरुबीच लगातार छलफल भइरहेको छ । यहीबीचमा पुरै एजेन्डा नै राखेर संसद्को अवरोधबारे छलफल गर्न भनेर राष्ट्रपतिले कसरी बैठक डाक्नुभयो होला ?’, प्रश्न गर्दै नेम्वाङले भने, ‘यो राष्ट्रपतिको अनावश्यक सक्रियता हो ।’उनले सोमबार बेलुका आफूहरूले प्रधानमन्त्रीले बोलाएको बैठकमा राष्ट्रपतिले बोलाएको बैठकबारे प्रधानमन्त्रीलाई सोध्दा उनले समेत कुनै जवाफ नदिएको बताए ।‘तपाईको सल्लाहबेगर यस्तो त हुँदैन । यता तपाई छलफल गरिरहनुभएको छ । उता राष्ट्रपतिले एजेन्डा नै राखेर बैठक बोलाउनुभएको छ । यो सल्लाहमा हो कि के हो भन्दा प्रधानमन्त्रीले जवाफ नै दिनुभएन’, नेम्वाङको भनाइ छ ।राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।उनको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हुन् । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।साभार।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles