Monday, June 30, 2025

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेको हो । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो ।
विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन्। श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश जाँदै छन्।

Previous article
Next article
अपहरण गरि कुटपिट गरेको आरोपमा ७ जना पक्राउदाङ। दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा सोमबार ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दिए ।पक्राउ पर्नेहरूमा जिल्लाको घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार र घोराही १३ का २ युवकसहित ७ जना रहेका छन् ।उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles