नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपतिले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउन नमिल्ने भन्दै एमाले बैठकमा सहभागी नहुनुको कारण समेत यही भएको बताए ।
बर्तौलाले एमाले शितल निवासको बैठकमा सहभागी नहुनुको कारण खुलाउँदै भने‚ ‘सरकारको काम राष्ट्रपतिले गर्ने होइन ।’ सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे पनि त्यसलाई समानान्तर रुपमा अघि बढाएर ओभरल्यापिङ गर्न नहुने उनले बताए ।
नेकपा एमाले
