अपहरण गरि कुटपिट गरेको आरोपमा ७ जना पक्राउदाङ। दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा सोमबार ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दिए ।पक्राउ पर्नेहरूमा जिल्लाको घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार र घोराही १३ का २ युवकसहित ७ जना रहेका छन् ।उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।