यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदैछ । यसअघि टिममा लामिछानेको नाम समावेश गरिएको थियो । मुद्दाको अन्तिम टुंगो लगाउने सुनुवाइ जिल्ला अदालतमा हुने भएपछि उनलाई टिमसँगै पठाउनबाट रोकेको हो ।
मुद्दाको अन्तिम सुनुवाइ गएको साउन ३२ मा हुने भनिएपनि त्यसदिन पीडित र पीडितकी आमाको उमेर ९ वर्ष मात्र फरक देखिएको भन्दै आमाको नागरिकतासम्बन्धी कागजात झिकाउने आदेश दिएको थियो । आमाको जन्ममिति यकिनपछि मात्र मुद्दाको अन्तिम सुनुवाइ हुने आदेश भएपछि मुद्दा किनारा लाग्न बाँकी छ । सुनुवाइका लागि पेसी छ्टिटै तोकिने भएको छ ।
लामिछानेमाथि नुवाकोटकी एक नाबालिगलाई गत वर्ष भदौ ५ गते राति काडमाडौं पिंगलास्थानस्थित होटल काठमाडौं इनमा राति पुर्याई कुटपिट र बलात्कार गरेको आरोप छ । उनलाई पीडितको उजुरीका आधारमा प्रहरीको गौशाला वृत्तले असोज २० मा पक्राउ गरी अनुसन्धान सकेर कार्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
मुद्दामा उनलाई काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेपनि पछि उच्च अदालत पाटनमा परेको रिटमाथि भएको आदेशबाट भने उनी २० धरौटी राखेर खुला बसेरै मुद्दा लड्न पाउने गरी रिहा भएका थिए ।
क्रिकेट
