किसानले लगाएको केरा काटेर नोक्सानीरौतहट । रौतहटका एक किसानले लगाएको केरा खेती अज्ञात व्यक्तिले काँटेर क्षति पुर्याएको गुनासो गरेका छन्।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारका किसान दिपेन्द्र न्यौपानेले आफुले १० कठ्ठा क्षेत्रफलमा लगाएको केरा खेती मध्ये २५–३० वटा केराको बोट काँटेर नोक्सान पुर्याएको बताएका छन्।आफु शुक्रबार खेतमा जाँदा केराको बोट काँटेर लडाएको अवस्थामा देखेको बताए। उनले बिहिबार राती काँटेको हुनसक्ने आशंका गरेका छन्। ‘कसले किन काट्यो थाहा छैन,’ उनले भने, ‘लगभग हाम्रो १५–२० हजार बराबरको क्षति भएको छ । भोलीका दिनहरुमा पनि यस्तो घटना घटाउला पनि डर पनि बढेको छ।’उनले आफ्नो बालीमा पुर्याएको क्षति बारेमा प्रहरीमा उजुरी गर्ने तयारीमा रहेको बताउँदै उनले किसानको खेतीमा नोक्सान पुर्याउने जो कोहीं भएपनि कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।