शनिबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरूको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको बताए । ओलीले यो पार्टीलाई मतलब नै नराखेको उनको भनाइ छ । हुँदा हुँदा देशको समस्या समाधान गर्ने छलफलमा ओली संसदका अरू सबै पार्टी हुन्छ तर, एकीकृत समाजवादी पार्टीलाई हुँदैन भनेर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेको बताए ।
उनले सुन काण्डको बारेमा भएको छानबिन कमिटीमा ६ वटा पार्टी बसेको र राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर ओलीले हामीलाई बोलाउनै नदिएको बताए । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले अघिल्लो हप्ता राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक बोलाएका थिए ।
राष्ट्रिय मान्यता पाउने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र भएकाले एकीकृत समाजवादी पार्टीलाई उक्त बैठकमा बोलाइएको थिएन । अध्यक्ष नेपालले सो बैठकमा आफूहरूलाई नबोलाउनुको कारण ओली भएको बताएका हुन् ।
नेता नेपालले एमाले अध्यक्ष ओलीले आफूलाई विगतमा राष्ट्रपति बन्न प्रस्ताव गरेको भनिए पनि त्यो गलत भएको बताए । ‘केपी ओलीलाई जब राष्ट्रपति पद पाउनका लागि मतलब लागेको थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन् । अहिले के भन्छन्–मैले प्रस्ताव राखेको थिए । तर उनले राखेकै थिएनन् । प्रस्ताव राखेर पनि म मान्थे वा मान्दिन थिए । त्यो आफ्नो ठाउँमा छ । प्रस्ताव नै राखेको होइन’ उनले भने । बरु आफूलाई प्रचण्डले भने राष्ट्रपतिको प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको नेता नेपालले बताए ।
पार्टीलाई त्यसै छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले आफूले राष्ट्रपति हुने इच्छा नगरेको उनले बताए । ‘म राष्ट्रपतिमा साँच्चै इच्छुक थिइन । किनभने बिद्रोह गरेर पार्टी बनाइएको छ । म राष्ट्रपतिमा गएँ भने हामीलाई ल्याएर बाटोमै छोडिदिनुभयो भनेर आलोचना आउँछ भनेर मैले इच्छा व्यक्त गरिनँ’ उनले भने, ‘सबै कार्यकर्तालाई हरिबिजोग बनाएर राष्ट्रपति पदमा जानुहुँदैन भन्ने मलाई परेको थियो ।’

लेखकबाट थप
सम्बन्धित पोस्ट
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
भदौ ९, २०८० शनिबार
सामाजिक सदभाव कायम राख्न जनमोर्चाको अपिल
सामाजिक सदभाव कायम राख्न जनमोर्चाको अपिल
भदौ ९, २०८० शनिबार
निषेधाज्ञाका कारण धरान बजार सुनसानः प्रवेश नाकामा सुरक्षाकर्मीको कडा निगरानी, सवारी आवागमनमा रोक
निषेधाज्ञाका कारण धरान बजार सुनसानः प्रवेश नाकामा सुरक्षाकर्मीको कडा निगरानी, सवारी आवागमनमा रोक
भदौ ९, २०८० शनिबार
नेपालबहस ट्रेन्डिङ
राजनीतिको कसाईकरण र पाखण्डी राष्ट्रवाद !
राजनीतिको कसाईकरण र पाखण्डी राष्ट्रवाद !
भुवनेश्वर अर्याल
भदौ ६, २०८० बुधबार
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार
दुई कैदीको मृत्यु प्रकरण : प्रहरीसहित १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
दुई कैदीको मृत्यु प्रकरण : प्रहरीसहित १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार
सीआईबीको हिरासतमा रहेका शेर्पासँगको कुराकानी बाहिरिएपछि अध्यागमनका महानिर्देशक गृहमा तानिए
सीआईबीको हिरासतमा रहेका शेर्पासँगको कुराकानी बाहिरिएपछि अध्यागमनका महानिर्देशक गृहमा तानिए
नेपालबहस संवाददाता