Sunday, June 29, 2025

सुनसरीको धरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धार्मिक अभियन्ताको प्रदर्शनमा सामाजिक सद्‌भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । धार्मिक सद्‌भावमा खलल आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ताजा / भरखरै प्राप्त

धरानका धेरै क्षेत्रमा आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । धरान प्रवेश गर्ने मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । प्रहरीले सुनसरीको धरानतर्फ जाने सवारीसाधनलाई इटहरीमै रोकेको छ । यात्रुवाहक र हलुका सवारी पनि रोक लगाइएको छ । मोटरसाइकल पनि चल्न रोक लगाइएको छ ।

‘गोरुको मासु खाँदै गरेको’ फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिन्दुवादीहरुले त्यसको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिबार बिहानैदेखि धरान शान्त देखिएको छ । मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ ।

निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। सडकहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गौहत्याको विरोधमा हिन्दु्वादीहरुले प्रदर्शन गर्न थालेपछि सम्भावित खतरालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

यसै बीच इटहरीमा धार्मिक अभियन्ताले प्रदर्शन गरेका छन् । हिन्दु अभियानले सामाजिक सद्‌भाव कायम राख्न भन्दै प्रदर्शन गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको बताए ।

Previous article
Next article
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधिचार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस (डीएल) पद्दतिका आधारमा गरिएको हो ।मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हङकङले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो । १०२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles