Monday, June 30, 2025

किसानले लगाएको केरा काटेर नोक्सानीरौतहट । रौतहटका एक किसानले लगाएको केरा खेती अज्ञात व्यक्तिले काँटेर क्षति पुर्याएको गुनासो गरेका छन्।जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारका किसान दिपेन्द्र न्यौपानेले आफुले १० कठ्ठा क्षेत्रफलमा लगाएको केरा खेती मध्ये २५–३० वटा केराको बोट काँटेर नोक्सान पुर्याएको बताएका छन्।आफु शुक्रबार खेतमा जाँदा केराको बोट काँटेर लडाएको अवस्थामा देखेको बताए। उनले बिहिबार राती काँटेको हुनसक्ने आशंका गरेका छन्। ‘कसले किन काट्यो थाहा छैन,’ उनले भने, ‘लगभग हाम्रो १५–२० हजार बराबरको क्षति भएको छ । भोलीका दिनहरुमा पनि यस्तो घटना घटाउला पनि डर पनि बढेको छ।’उनले आफ्नो बालीमा पुर्याएको क्षति बारेमा प्रहरीमा उजुरी गर्ने तयारीमा रहेको बताउँदै उनले किसानको खेतीमा नोक्सान पुर्याउने जो कोहीं भ‌एपनि कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

ताजा / भरखरै प्राप्त

Previous article
जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउकाभ्रे । काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ परेका छन् । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित ९ जनालाइ पक्राउ गरेको हो । वडा अध्यक्षसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका भवन सँगै रहेको एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।जुवाको खालबाट नगद १ लाख ९० हजार रकम समेत बरामद् गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ।पक्राउ पर्नेमा वडाअध्यक्ष ज्ञान बहादुर दनुवार, प्रकाश सापकोटा, हरि ठकुरी, मित्र भुजेल, सुर्दशन रेग्मि, राजन चौलागाईं, राजकुमार तामाङ र गणेश गुरुङ रहेका छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles