Wednesday, March 19, 2025

हत्या आरोपमा दुईजना पक्राउनवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए। उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका-१ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।गौतमलाई धादिङको गजुरी गाउँपालिका-२ मझुवा डाँडाबाट र शाहलाई इलाका प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।पक्राउ परेका दुबै जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए।दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए।साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो।साभार।

ताजा / भरखरै प्राप्त

Previous article
टी-२० सिरिजमा मलेसियासँग हारे पनि नेपालले फाइनल खेल्नेचार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ।पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भयो। दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगे। फाइनल शनिबार हुनेछ।नेपाललाई शुक्रबार घरेलु टिम मलेसियाले डिएल मेथडमा ६ विकेटले पराजित गर्‍यो।वर्षाले प्रभावित खेलमा १८ ओभरमा ८५ रनको लक्ष्य मलेसियाले ४ विकेट गुमाएर १६.२ ‌ओभरमा पूरा गर्यो।मलेसियाका लागि अइना हसिमले नटआउट ३७ रन तथा इजाती इम्माइलले २१ रनको योगदान दिए।बलिङमा नेपालकी पूरा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे।बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २-२ विकेट लिए। यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।सिरिजपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
Next article
जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउकाभ्रे । काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ परेका छन् । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित ९ जनालाइ पक्राउ गरेको हो । वडा अध्यक्षसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका भवन सँगै रहेको एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।जुवाको खालबाट नगद १ लाख ९० हजार रकम समेत बरामद् गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ।पक्राउ पर्नेमा वडाअध्यक्ष ज्ञान बहादुर दनुवार, प्रकाश सापकोटा, हरि ठकुरी, मित्र भुजेल, सुर्दशन रेग्मि, राजन चौलागाईं, राजकुमार तामाङ र गणेश गुरुङ रहेका छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles