Monday, April 21, 2025

अफगानिस्तानविरुद्धको एक दिवसीय सिरिजमा पाकिस्तानको क्लिन स्विप

ताजा / भरखरै प्राप्त

पाकिस्तानले अफगाानिस्तानविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ । आइतबार राति सम्पन्न तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले पराजित गर्दै पाकिस्तानले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । जितसहित पाकिस्तान आईसीसी एक दिवसीय वरीयतामा अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान बाबर अजामले ६० रन बनाए । तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । मोहम्मद नवाजले ३० रन बनाउँदा ओपनर फखार जमान २७ रनमा आउट भए । अघा सलमान ३८ रनमा अविजित रहे ।
अफगानिस्तानका फरिद अहमद र गुलबदिन नाइबले समान दुई विकेट लिए । राशिद खान, मुजिब उर रहमान र फजल–हक फारुकीले १–१ विकेट ढाले ।
जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८ दशमलव ४ ओभरमा २ सय ९ रनमा अलआउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले ६४ रनको योगदान दिए । उनले २६ बलमा अफगानिस्तानका लागि सर्वाधिक अर्धशतक बनाए पनि टोलीको हार टार्न सकेनन् । रियाज हसनले ३४ रन बनाए । साहिदुल्लाह कमलले ३७ रनको योगदान दिए । ९७ रनमा ७ विकेट गुमाएको अफगानिस्तानका लागि आँठौ विकेटको रुपमा कमल र मुजिबले ६१ रनको साझेदारी गरेका थिए । पाकिस्तानका शादब खानले ३ विकेट लिए । शाहिन शाह अफ्रिदी, फहिम अशरफ र मोहम्मद नवाजले समान २–२ विकेट हात पारे । यस अघि पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।

Previous article
छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दैभैरहवा । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा चौपाया सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् ।बुटवलका सडकमा देखिने छाडा चौपाया नियन्त्रण गर्न बजारबासीले पटक -पटक आग्रह गर्दे आएका छन् । नेपालगञ्जमा पनि छाडा चौपायाको समस्या बढ्दै गएको छ ।अन्यत्रका सडकमा छाडा गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिने गरेको स्थानीयको भनाइ छ । पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले नियन्त्रण गर्न सबै पालिकाको समन्व आवश्यक रहेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles