Monday, June 30, 2025

पेस्तोल र गोलीसहित एक जना पक्राउकाठमाडौँको बूढानिलकण्ठबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल घर भएका सुरज श्रेष्ठ उर्फ सुलभ छन् ।२८ वर्षीय सुरजलाई बूढानिलण्ठ नगरपालिका–४ स्थित पासिकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । आरोपितको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको पेस्तोल १ थान र ४ राउण्ड गोली बरामद गरेको छ ।आरोपित सुरज यसअघि ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । शुक्रबार पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान भइरहेको एसएसपी खत्रीले जानकारी दिए ।

ताजा / भरखरै प्राप्त

Previous article
मुद्दाको पेसी सरेपछि सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जानेनेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ,’ उनले भने ।नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए ।नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ ।नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ ।नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles