Sunday, April 20, 2025

सम्पर्कविहीन १४ प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले सम्पर्कविहीन भएका १४ जना प्रहरीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी सहायक निरिक्षकसम्मका १४ जनालाई सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।तोकिएको समयमा कार्यालयमा उपस्थित नभए नियमानुसार जागिरबाट हटाइने प्रहरी हेडक्वाटरले चेतावनी समेत दिएको छ ।

Previous article
Next article
सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैक्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा विवाद देखिएपछि पुनः सुनुवाइ हुने भएको हो ।मुद्दा सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन् । उनी आज राति पाकिस्तान जाँदैछन् । यसअघि सन्दीपको मुद्दामा गत साउन ३२ गते मुद्दामाथि सुनुवाइ भएको थियो ।उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।गत भदौ २१ गते १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् । सन्दीपलाई असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको थियो ।प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो ।जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles