राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिबिच द्वन्द्व र अन्तरविरोध पैदा गराउदै एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । धरानमा सामाजिक सद्भाव खलबलिन सक्ने भन्दै केसीले सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका हुन् । केसीले सामाजीक सद्भाव भड्किन नदिन सबै समक्ष अपिल समेत गरेको छ । यस्तै, सकारले दमन वा अन्य माध्यमाबाट भन्दा पनि वार्ता सम्वादबाट समस्याको समाधान खोज्नुपर्नेमा समेत जोड दिइएको छ ।साभार।
