नेपाल प्रहरीले सम्पर्कविहीन भएका १४ जना प्रहरीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी सहायक निरिक्षकसम्मका १४ जनालाई सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।तोकिएको समयमा कार्यालयमा उपस्थित नभए नियमानुसार जागिरबाट हटाइने प्रहरी हेडक्वाटरले चेतावनी समेत दिएको छ ।
