उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार पर्साको वीरगन्जमा जिल्ला प्रशासन कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै स्टेटको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको खुलासा गरे ।
२०७६ मा तत्कालीन एमाले नेतृत्वको सरकारले स्टेटको नाममा रहेको ५०० बिगाह जग्गामध्ये एमालेकै भूमि व्यवस्था मन्त्री छँदा कानून संशोधन गरेर ३४२ बिगाह जग्गा विभिन्न व्यक्तिको नाममा गराएको भन्दै सांसदहरुले अनुसन्धान गर्नुपर्ने माग गर्दै आइरहेका छन् । एमालेले भने कानुन बमोजिम नै जग्गा सट्टाभर्ना गरिएको र भ्रष्टाचार नभएको जिकिर गर्दै आइरहेको छ ।
मन्त्री श्रेष्ठलाई वीरगन्जमा आजै धरानमा गाई काट्नेहरुलाई पक्राउ नगरेको भन्दै ‘हिन्दूवादी’ नामक समूहले प्रदर्शन गरेको थियो । प्रदर्शनलाइ प्रहरीले गिरफ्तार गरिएकाे छ ।
राजनीति
