Monday, June 30, 2025

आफ्नै घरको गाई काटिरहेका तीनजना पक्राउ

ताजा / भरखरै प्राप्त

आफ्नै घरमा पालेको गाई बारीमा लगेर काट्दै गरेको अवस्थामा प्रहरीले तनहुँमा तीन जनालाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका ०६ कमलबोट बस्ने २९ वर्षीया रमेश नेपालीसहित तीनजनालाई प्रहरीले गाई काटिरहेको अवस्थामा पक्राउ गरि अनुसन्धान अघि बढाएको बताइएको छ । यता, धरानमा समेत गाईको मासु खाएको विषयले आन्दोलन र प्रदर्शन नै चलेको थियो । यद्यपी सम्भावित दुर्घटना भने टरेको छ ।साभार।

Previous article
मधेशका ९० प्रतिशत मानिस दूषित पानी पिउन बाध्य :जनकपुर । नेपालमा पानीको समस्या दिन प्रतिदिन बढ्दो छ । वन विनाश र जलवायु परिवर्तनले निम्त्याएको सुक्खा र खडेरीले सिँचाइ समस्यासँगै मधेशको ९० प्रतिशत जनसंख्याले दूषित पानी प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । देशभर २४ प्रतिशत र मधेशमा १० प्रतिशत मानिसमा मात्रै शुद्ध खानेपानीको पहुँच छ ।चुरे वन विनासका कारण मधेश प्रदेशमा पानीको समस्या बढ्दो छ । समथर र उब्जाउ भूमि रहेपनि वन विनास र जथाभाबी चुरे दोहनका कारण लामो समयदेखि सिँचाइ समस्या भोग्दै आएको मधेशमा अब खानेपानीसमेत हाहाकार हुन थालेको छ । चापाकल र इनारमा आवश्यकताभन्दा कयौँ गुण बढी पानी पाउने मधेशका जनतालाई यी स्रोत सुक्दा टंयाकरबाट पानी आपुर्ति गर्न थालिएको छ ।वैशाखदेखि साउनको तेस्रो सातासम्म पानी नपरेका कारण खानेपानीका मुख्य स्रोतहरु सुकेपछि सबैको चिन्ता बढाएको छ । अब भने स्थानीय र प्रदेशसँगै संघ सरकार पनि समस्याको तात्कालीन र दीर्घकालीन समाधानको खोजीमा जुटेको छ ।एकातिर खानेपानीको समस्या त छ नै अर्कोतर्फ दूषित पानीको प्रयोगले थप चिन्ता बढाएको छ । मधेश प्रदेशमा पानीको स्रोतमै ६७ प्रतिशत र सरसफाइका साथै जनचेतनाको कमीले प्रयोग गर्दासम्म ९० प्रतिशत मानिसले अझै जीवाणुयुक्त पानी खाइरहेका छन् ।यसका साथै यूनिसेफ र तथ्यांक विभागले सस्ंथाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ दशमलव १ प्रतिशत उच्च आर्सेनिक र ९ दशमलव ८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् । सातै प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिमपछि अशुद्ध खानेपानी प्रयोग गर्नेमा मधेश प्रदेश तेस्रो स्थानमा छ ।सन् २०३० सम्ममा सबै नागरिकलाई सरसफाइ र खानेपानीमा पूर्ण पहुँच बनाउने सरकारी लक्ष्य छ । तर खानेपानीको यस्तो अवस्था देख्दा मौलिक अधिकारको सुनिश्चिततामा हामी धेरै पर रहेको प्रष्ट हुन्छ । अनिल मिश्र
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles