Sunday, June 29, 2025

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले समाजवादी मोर्चामा आफ्नो जीवनमा असफल भएका व्यक्तिहरु मिलेर बनाएका कारण औचित्य नगरेको बताएका छन् ।

ताजा / भरखरै प्राप्त

सरकारमा सहभागी रहेका माओवादी केन्द्र, जसपा एकीकृत समाजवादी र संसदीय धारबाट बाहिर रहेका नेकपा मिलेर केही हप्ता पहिले मात्र समाजवादी मोर्चा गठन भएको थियो । उक्त मोर्चाले नेपाली विशेषतासहितको समाजवादी व्यवस्था गर्ने बताउँदै आइरहेको बेला पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले जीवनमा राजनीतिकमा असफल भएका र ढाँटछल, तिकडम र अपराध गर्नेहरु नै सहभागी रहेको बताए ।

साहले सोमबार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै नयाँ नाम दिएर लुट्ने कामलाई निरन्तरता दिन मोर्चा गठन भएको बताए । उनले वर्तमान संविधान लुट्ने, ठग्ने र विदेश भाग्नेहरुलाई संरक्षण दिने किसिमका रहेको बताए । संविधान श्रमिक वर्ग र गरिबमाथि मजाक गर्ने किसिमका रहेको र यसलाई परिवर्तन गर्नुको विकल्प नरहेको बताए ।

यस्तै उनले मुलुकमा दुई थरि वर्ग रहेको र यसलाई हटाउन नसक्दासम्म मुलुकबाट गरिबी नहट्ने र श्रमिकको सम्मान नहुने बताए । उनले एकथरि जनता देशभित्र र देशबाहिर रहेर पनि श्रम, पसिना गरेर देशलाई बचाउन र समृद्ध बनाउन लागिरहेको र अर्काथरि देशभित्रै रहेर राज्यको नीति बनाएर ढुकुटी कुम्ल्याउने, गलत र अपराधिक धन्दा चलाएर चलअचल सम्पत्ति लिएर विदेश भाग्नेहरु रहेको बताए ।

नेपालभित्रबाट चलअचल सम्पत्ति बोकेर विदेश भाग्नेहरुलाई ठेगान लगाउने कानून जरुरी रहेको बताउँदै त्यसनिम्ति आजपाले जनसंघर्ष गर्ने बताए । नेपालभित्र लुट मच्चाएर विदेश भाग्नेहरुकै कारण अर्थतन्त्र डामाडोल हुने अवस्थामा पुगेको उनले बताए । सत्ता र सरकारमा दलाल–भगौडा र छाेटे राजाहरु पुगेको भन्दै त्यसलाई विस्थापित नगर्दासम्म श्रमजीवि वर्गको सम्मान हुन नसक्ने बताए ।

उनले अहिले सत्तामा देश लुट्ने र प्राकृतिक सेत साधनमाथि दोहन गर्ने लुटेरा वर्गका मान्छे रहेकाले जनताको आर्थिक समस्या झन बढ्दै गएको उनले बताए । युवा शक्तिलाई विदेशमा बेचेर रमाउने शासककै कारण मुलुकको अवस्था खराब बन्दै गएको उनको भनाइ छ । किसानलाई पेन्सन दिनुपर्ने उनले बताए । ‘मेडिकल परीक्षणमा पास पाएर वैदेशिक रोजगारमा गएका युवायुवती किन लास भएर आउँछन् भन्दा राज्यले विदेशमा पुर्याएर मार्न लगाइएको छ, मारिएका कतिपयकाे लास समेत ल्याइएकाे छैन, यस्ता काम गर्ने नेता, शासकलाई के भन्ने ? अझै हामी चुप बस्न मिल्छ ? ’ उनले प्रश्न गरे ।

उनले स्वास्थ्य, शिक्षा लगायत नागरिकका आधारभूत सेवा क्षेत्रमा राज्यले काठमाडौंमा मात्र बजेट थुपारेर चरम अन्याय गरेका छन् । आजपाले मुलुकका समस्या समाधान गर्न संघर्षका कार्यक्रमसहित सडकमा जाने गरी महत्वपूर्ण निर्णय गरिने बताए । बैठकले शाेषित, पीडित र श्रमजीवि वर्गकाे रक्षा र उनीहरू नै सत्तामा सहभागी हुने व्यवस्था खडा गर्ने नीति तय गर्ने उनले बताए ।

उनले एमसीसी परियाेजना नेपालमा लागू हुन नदिने बताए । उनले गाैरहत्याकाण्डका पीडितहरूले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी समेत दिए । पीडितहरुसँग सहमति गरेपनि कुर्सी हल्लिने भएपछि सरकार दाेषीलाइ कारवाही गर्नबाट पछि हटेको टिप्पणी गरे ।

राजनीति
आजपा
157
Shares
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonviber sharing buttonsharethis sharing button

नेपालबहस संवाददाता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्ने खतरा देखियाे : गगन थापा
ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्ने खतरा देखियाे : गगन थापा
भदौ ११, २०८० सोमबार

म मर्न नमानेको मान्छे हुँ : ओली
म मर्न नमानेको मान्छे हुँ : ओली
भदौ ११, २०८० सोमबार

एमसीसी सम्झौता कार्यान्वयन गर्न नदिने नेकपाको चेतावनी
एमसीसी सम्झौता कार्यान्वयन गर्न नदिने नेकपाको चेतावनी
भदौ ११, २०८० सोमबार

नेपालबहस ट्रेन्डिङ
कुल आचार्यलाई बर्खास्त गरी छानबिनको टुंगो नलाग्दासम्म महाधिवेशन स्थगित गर्न अध्यक्ष मरासिनीको माग
कुल आचार्यलाई बर्खास्त गरी छानबिनको टुंगो नलाग्दासम्म महाधिवेशन स्थगित गर्न अध्यक्ष मरासिनीको माग
नेपालबहस संवाददाता

भदौ १०, २०८० आइतबार

लक्ष्मी सनराइज बैंकको खराब कर्जा ३ गुणाले बढ्यो, बेसरेट बढ्दा कर्जा लिएकाको ब्याज भयो महँगो
लक्ष्मी सनराइज बैंकको खराब कर्जा ३ गुणाले बढ्यो, बेसरेट बढ्दा कर्जा लिएकाको ब्याज भयो महँगो
नेपालबहस संवाददाता

भदौ १०, २०८० आइतबार

स्थानीय युवाहरू गाईको रक्षाका लागि गाई बचाउ अभियानमा जुटे
स्थानीय युवाहरू गाईको रक्षाका लागि गाई बचाउ अभियानमा जुटे
नेपालबहस संवाददाता

भदौ ९, २०८० शनिबार

राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
नेपालबहस संवाददाता

भदौ ९, २०८० शनिबार

लोकप्रिय
धरानमा आगो झोस्नेहरु सिंहदरबारमा !

धरानमा आगो झोस्नेहरु सिंहदरबारमा !
भदौ ११, २०८० सोमबार

काठमाडौंको तारकेश्वरमा हलेसी महादेव मन्दिरको स्थापना

काठमाडौंको तारकेश्वरमा हलेसी महादेव मन्दिरको स्थापना
भदौ ११, २०८० सोमबार

बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग भयाे सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

बाल सुधार गृह प्रकरण

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles