Monday, June 30, 2025

गौर प्रकरणका दोषीलाई कारबाही गर्न पत्राचार

ताजा / भरखरै प्राप्त

गौर प्रकरणमा दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए । केहिदिन पहिले मात्रै सत्ता गठबन्धनले गौर प्रकरणमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई अप्ठ्यारो पर्ने भएकाले पछि हट्ने बताएको थियो । तर, गृहले यसमा कारबाही अघि बढाउन सक्रियता देखाएको छ । १७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो ।साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles