महोत्तरी । भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै भारततर्फ मदिरा तस्करी बढेको छ ।सीमामा कतिपय स्थानमा दुवैतर्फ जोडिएर रहेका झुरुमुट्ट बस्ती र ग्रामीण गल्छिडा (चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो) हुँदै मदिरा भारततर्फ लाने गरेका पाइएको हो । यो कारोबारमा बढी भारतीय नै छन् । यसरी नियन्त्रणमा लिइएका मदिरामा गाउँघरमै बनाइएका र विदेशी सिलप्याकका पाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक ले जानकारी दिए । नैन्ही, मधवा, बथनाहा, मलिबारा र मटिहानीबाट मदिरा तस्करी बढेको छ । ।सीमापारि भारतको बिहारमा मदिरा बिक्रीवितरण र उत्पादनमा पूर्ण प्रतिबन्ध छ ।
