राजनीतिक तथा प्रशासनिक तहका उच्चपदस्थ व्यक्ति जोडिएका कारण आम चासोमा रहँदै आएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी किर्ते कसुरको मुद्दा अदालत पुगेपछि बयान सुरु भएको हो । सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्र कुमार श्रेष्ठको बयान न्यायाधीश भोलानाथ ढकालको रोहबरमा इजलास अधिकृतले लिएका थिए ।
आज एकपटकमा चार जनाको हुने गरी बयान लिन लागिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
ललिता निवासको जग्गामाथि छानबिन सुरु भएको साढे चार वर्षपछि जिल्ला अदालतमा मुद्दा पुगेको हो । पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानबिन समितिले २०७५ सालमै उक्त जग्गा हिनामिना भएको निष्कर्ष निकालेको थियो ।
समितिको सिफारिस अनुसार सरकारले अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीलाई २०७५ फागुन २८ मा पत्र पठाएको थियो । अख्तियारले अनुसन्धान सकेर २०७६ माघ २२ मै तत्कालीन मन्त्री, सचिव, व्यापारी, बिचौलिया, कर्मचारी लगायत १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ७५ जनाविरुद्ध सम्पत्ति जफत प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार सम्बन्धी त्यो मुद्दा अझै विचाराधीन छ । सीआईबीले भने २०७८ पुसमा मात्र अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । कार्यालयले मुद्दा अभियोजन गर्नुको साटो अनुसन्धान अधुरो रहेको भन्दै २० बुँदे निर्देशनसहित प्रतिवेदन तत्कालै सीआईबीलाई फिर्ता गरिदिएको थियो । डेढ वर्षपछि गत असार १२ मा सात जनालाई पक्राउ गरेर सीआईबीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा टेकाएको छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
जिल्ला अदालतको १३ नम्बर इजलासमा ललितानिवास जग्गा प्रकरणका १७ अभियुक्तको बयान लिइँदै
जिल्ला अदालतको १३ नम्बर इजलासमा ललितानिवास जग्गा प्रकरणका १७ अभियुक्तको बयान लिइँदै
भदौ ११, २०८० सोमबार
स्वचालित पेशी तारेख प्रणालीको सुरुवातले अदालतमा विचौलियाको प्रवेश अन्त्य भएको छः प्रधानन्यायाधीश
स्वचालित पेशी तारेख प्रणालीको सुरुवातले अदालतमा विचौलियाको प्रवेश अन्त्य भएको छः प्रधानन्यायाधीश
भदौ ११, २०८० सोमबार
सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणाली प्रारम्भ
सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणाली प्रारम्भ
भदौ ११, २०८० सोमबार
नेपालबहस ट्रेन्डिङ
कुल आचार्यलाई बर्खास्त गरी छानबिनको टुंगो नलाग्दासम्म महाधिवेशन स्थगित गर्न अध्यक्ष मरासिनीको माग
कुल आचार्यलाई बर्खास्त गरी छानबिनको टुंगो नलाग्दासम्म महाधिवेशन स्थगित गर्न अध्यक्ष मरासिनीको माग