त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् । जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने नेविसंघको तयारी थियो । पुत्ला लिएर क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । विद्यार्थीहरूको प्रदर्शन अहिले काठमाडौंस्थित माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।
नेविसंघ
