Sunday, June 29, 2025

बिरामी मृत्यु प्रकरण : अस्पतालले छोराको पढाइ र २ छोरीको बिहे खर्च बेहोर्ने सहमति

ताजा / भरखरै प्राप्त

धनगढी- धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।सोमबार भएको वार्तामा आफन्त र अस्पताल प्रशासनबीच तीन बूँदे सहमति भएको हो।

वार्तापछि मृतकका एमबीबीएस अध्य्यनरत छोराको पढाइ खर्च बेहोर्ने, मृतकको २ छोरीहरूको विवाह खर्च बेहोर्ने र उपचारमा संलग्न डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको आफन्त राजकुमार चौधरीले बताए।पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका थिए।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles