Sunday, June 29, 2025

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जीप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

ताजा / भरखरै प्राप्त

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउराली जोर्ते र लघुवाको बीचमा बुधबार बिहान सुख्खा पहिरोमा जीप पुरिँदा तीन जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतकहरूको पहिचान खुल्न सकेको छैन । लु १ ज ४६०० नम्बरको जिपमा पुरिएर घाइते भएका आठ जनालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाएका छन् ।

null

गुल्मीबाट पाल्पा भएर बुटवल जाने क्रममा सुख्खा पहिरोमा जिप पुरिएको हो । यही स्थानमा सडक डिभिजन पाल्पाले रातिको समयमा १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नतिको काम गर्दै आएको छ ।

सवारी दुर्घटना

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles