Sunday, June 29, 2025

सुन प्रकरणमा दावाका सहयोगी भारतबाट पक्राउ, नयाँ तथ्य खुल्ने प्रहरीको विश्वास

ताजा / भरखरै प्राप्त

६१ किलो सुन प्रकरणमा भारतबाट थप एक युवक पक्राउ परेका छन्।किशोर बस्नेत नाम गरेका युवकलाई इन्टरपोल प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। यो प्रकरणमा समातिनेको संख्या २५ पुगेको छ।किशोरको भूमिका यसअघि समातिएका दावा छिरिङलाई सहयोग गरेको देखिएको छ।
सुन लगायत अन्य काममा दावाको सहयोगी जस्तै भएर काम गरेको देखिएकाले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीबाट सुन तस्करीबारे नयाँ तथ्य खुल्ने विश्वास रहेको अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले बताए। ती युवा सिन्धुपाल्चोकका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles