Sunday, June 29, 2025

भूकम्पपछि पहिलाे पटक मानिस आवतजावत हुने गरी खुल्दै तातोपानी नाकाचीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,’ उनले भने ।वि. सं. २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए ।उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । -रासस

ताजा / भरखरै प्राप्त

Previous article
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउकैलाली, गोदावरी नगरपालिका-२ तेघरी डेरा गरी बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका-२ बेडपानी घर भएका २९ वर्षीय निराजन बिष्टलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८६ मिलिग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई अत्तरिया बसपार्कबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-४ नौलापुर बस्ने २७ वर्षीय प्रकाश थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका साइकलयात्री थारूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ गाउँ नम्बर १४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्रामसहित गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय पिताम्बर डाँगीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।झापा, झापा गाउँपालिका-१ बेलातिवारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका-२ कुवाडी बस्ने १९ वर्षीय शिव कामती र बिर्तामोड नगरपालिका-१ बस्ने २७ वर्षीय निश्चल लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोद र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७८७६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
Next article
सप्तरीमा जसपाका तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बितनेकपा एकीकृत समाजवादीका मेयर पनि बाँकी रहेनन्अमरेन्द्रकुमार यादवजनकपुरधाम । जनता समाजवादी पार्टीबाट सप्तरीका पालिकाको प्रमुखमा निर्वाचित तीन जना निलम्बित भएका छन् । भ्रष्टाचार गरेको आरोपमा उनीहरु सबै निलम्बनमा परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । सप्तरी जिल्लामा रहेको १८ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा जसपाबाट प्रमुखमा निर्वाचित भएका थिए ।जिल्लाको राजविराज नगरपालिका, विष्णु गाउँपालिका र बोदे बरसाइन नगरपालिकामा जसपाका प्रमुख निर्वाचित भएका थिए । विष्णु गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव र बेदो बरसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव उपर मुद्दा दायर भई निलम्बनमा परेका हुन् भने राजविराज नगरपालिकाका मेयर भीमराज यादवलाई विशेष अदालतले दोषी नै ठहर गरिसकेको छ । उनलाई स्थानीय राज रंगशाला स्तरोन्नति ठेक्कामा भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतले दोषी ठहर गरेको हो ।आर्थिक वर्ष ०७३-७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा भ्रष्टाचार गरेको विशेष अदालतको ठहर छ । उनीमाथि अख्तियारले विशेष अदालतमा २०७९ असार २९ गते आरोप पत्र दायर गरेको थियो । गत साउन ३१ गते न्यू गाहिल कन्सट्रक्सनका सञ्चालकसमेत रहेका मेयर यादवलाई विशेष अदालतले २ लाख ६३ हजार ४६८ रुपैयाँ जरिवाना र त्यत्तिकै बिगो असुलउपर गर्न आदेश दिएको हो ।सोही मुद्दामा उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई पनि दुई लाख ६३ हजार चार सय ६८ रुपैयाँ जरिवाना र उत्तिनै बिगो असुलउपर गर्न विशेष अदालतले आदेश दिएको छ ।यसै मुद्दाका प्रतिवादी जिल्ला समन्वय समिति सप्तरीका इन्जिनियर विकास श्रेष्ठलाई भने भ्रष्टाचारका दुई कसुरमा तीन–तीन महिना कैद सजाय सुनाइएको छ । उनलाई भ्रष्टाचार निवारण ऐनको दफा १९ (२) बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८ (१) (ग) बमोजिम कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । उनलाई चार लाख ९९ हजार ६ सय ६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ ।मेयर यादव दोषी ठहर भए पनि राजविराज नगरपालिकामा अहिले उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्ने छैन । विशेष अदालतले दोषी ठहर गरे पनि उक्त फैसलाविरुद्ध सर्वोच्च जाने अधिकार उनीसँग रहेकाले तत्काल त्यस पालिकामा उपनिर्वाचन नहुने भएको छ ।उनी दोषी ठहर भएको सो मुद्दाको अन्तिम किनारा लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पद रिक्त भएको भनी आयोगलाई पत्राचार गरेपछि मात्र उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।जसपाबाटै निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव पनि घुससम्बन्धी घटनामा अख्तियारले नियन्त्रणमा लिएपछि निलम्बित भएका छन् । सोलार बत्ती जडान योजनाको भुक्तानीबापत घुस मागेको सम्बन्धी मुद्दामा अध्यक्ष यादवविरुद्ध विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका छन् ।गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा २ लाख नगद र ३ लाखको चेक घुसबापत लिँदै गर्दा गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटरलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।सो प्रकरणमा पालिका अध्यक्ष यादवको समेत संलग्नता रहेको अख्तियारको दाबी छ ।यस्तै बुधबारमात्रै बोदे बरसाइन नगरपालिका मेयर आतेशकुमार सिंह यादव पनि निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि उनी निलम्बित भएका हुन् । मेयर यादव जसपाबाटै निर्वाचित हुन् ।अख्तियारले उनीसहित ८ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।बोदे बरसाइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नम्बर ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर, नक्कली बिल भर्पाइ र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।मेयर यादव र वडा नं ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिइएको अख्तियारको दाबी छ ।निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भर्पाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारको ठहर छ ।अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।त्यसैगरी शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता कलवार पनि निलम्बित भएका छन् । मेयर कलवार नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । अख्तियार दुरुपयोग आयोगले उनीविरुद्ध विशेष अदालतमा घुस लिएको आरोपमा आरोप पत्र दायर भएसँगै उनी निलम्बित भएका छन् ।नगरपालिकाका ईन्जिनियर रामचन्द्र साहको मिलोमितोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिएको पुष्टि पश्चात आरोप पत्र दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।इन्जिनियर साहलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत ३ माघमा रु १ लाख ४० हजार घुस लिदँै गर्दा पक्राउ गरेको थियो । साहलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेपछि मेयर कलवारको पनि संलग्नता देखिएको अख्तियारले जनाएको छ ।कलवार र साह दुबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दाबीसहित आरोप पत्र दायर गरिएको छ ।नेकपा एकीकृत समाजवादी पार्टीबाट जिल्लाको १८ वटा स्थानीय तहमध्ये यस पालिकामा मात्रै प्रमुख निर्वाचित भएका थिए ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles